कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

जाजरकोटमा घर भत्किँदा ८ जना घाइते

ज्योति कटुवाल

सुर्खेत — जाजरकोटमा घर भत्किँदा ८ जना घाइते भएका छन्। छेडागाड नगरपालिका–१२ काँडागाउँका पदम अधिकारीको घर भत्किँदा परिवारका ८ जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार ३५ वर्षीय पदम अधिकारी, १० वर्षका दिनेश अधिकारी, ३० वर्षकी सरिता अधिकारी, १४ वर्षका नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षकी सुजता अधिकारी, १६ वर्षकी संगीता अधिकारी र १४ वर्षका नवराज अधिकारी घाइते भएका छन्।

जाजरकोटका प्रहरी प्रमुख डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार संगीता र नवराज सामान्य घाइते भएका छन्। उनीहरूलाई घरमै राखिएको छ। वर्षाका कारण ढुंगा, माटोले बनेको एकतले कच्ची घर भत्किएको डीएसपी पाण्डेले जानकारी दिए।

प्रकाशित : श्रावण ११, २०८१ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×