कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

चोरी मुद्दामा फरार प्रतिवादी चार वर्षपछि पक्राउ

विप्लव महर्जन

सल्यान — चोरी मुद्दाका एक फरार प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । जिल्लाको छत्रेस्वरी गाउँपालिका ६ शंखमुल घर भएका वर्ष २८ का राजेन्द्र कवर जिल्लाको शारदा नगरपालिका १ श्रीनगरबाट मंगलबार दिउँसो १२ बजे पक्राउ परेका हुन् । 

चोरी मुद्दामा फरार प्रतिवादी चार वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानीप्रसाद धमलाका अनुसार जिल्ला अदालत सल्यानले चोरी मुद्दामा २०७६ माघ १५ गते १५ दिन कैद सजाय र १ हजार ८ सय जरिवानाको फैसला गरेको थियो । अदालतले फैसला गरेदेखि नै उनी फरार रहेका थिए ।

पक्राउ परेका कवरलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक धमलाले जानकारी गराए । विभिन्न मुद्दामा फरार रहेका दर्जनभन्दा बढीलाई प्रहरीले यस आवभित्रै पक्राउ गरिसकेको उनको भनाइ छ ।


प्रकाशित : जेष्ठ २९, २०८१ १६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×