कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

पेस्तोलसहित पुरुष पक्राउ 

विप्लव महर्जन

सल्यान — सल्यानमा अवैध हतियार (पेस्तोल) सहित प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको कालिमाटी गाउँपालिका १ लक्ष्मीपुरस्थित वर्ष ४५ का दिपकबहादुर चलाउनेलाई प्रहरीले पक्राउ गरेको हो । 

पेस्तोलसहित पुरुष पक्राउ 

चलाउनेले अवैध रुपमा हतियार लुकाइराखेको गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लुहाम र जिल्ला प्रहरी कार्यालयको टोलीले खोजतलास गर्दा घरदेखि केही पर पोखरा सामुदायिक वन सल्लेरीमा खाल्डो खनी प्लाष्टिकमा बेरेर लुकाइराखेको एक थान खिया लागेको पेस्तोल बरामद गरेको र उनलाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । उनले खिया लागेको पेस्तोलको कम्पनीको नाम र मोडल नम्बर नखुलेको जानकारी गराए । उनका अनुसार पेस्तोल द्वन्द्वकालमै लुकाइराखेको जस्तो छ ।

पक्राउमा परेका चलाउनेलाई जिल्ला अदालत सल्यानबाट सात दिनको म्याद थप गरेर जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको र घटनाको थप अनुसन्धान भैरहेको उनको भनाइ छ ।


प्रकाशित : जेष्ठ २७, २०८१ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×