कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सल्यानमा मिनी ट्रक दुर्घटना : चालकको मृत्यु 

विप्लव महर्जन

सल्यान — सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दाङबाट सल्यान आउँदै गरेको रा १ ख १९१६ नम्बरको मिनी ट्रक गए राति करिब १० बजेतिर राप्ती राजमार्गअन्तर्गत कपुरकोट गाउँपालिका–३ अरिङ्गालेफेदीमा दुर्घटना हुँदा छत्रेश्वरी गाउँपालिका–६ का २६ वर्षीय सुकलाल घर्तीको मृत्यु भएको हो । 

सल्यानमा मिनी ट्रक दुर्घटना : चालकको मृत्यु 

दुर्घटनमाा बन्गाड कुपिण्डे नगरपालिका–९ सेराका २१ वर्षीय सहचालक तेजबहादुर बुढाथोकी घाइते भएका छन् । चालक घर्तीको ट्रकले च्यापिएर दुर्घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । घाइते बुढाथोकीको श्रीनगरस्थित अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : जेष्ठ १४, २०८१ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×