कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

कालीकोटमा जिप दुर्घटना : ७ जना घाइते 

कालीकोट — कालीकोटको शुभकालिका–६ हाउडीमा बोलेरो जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

कालीकोटमा जिप दुर्घटना : ७ जना घाइते 

सुर्खेतबाट हाउडीतर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ च ०७९७ नम्बरको जिप दैलेख हाउडी जोड्ने दबिरा सडकखण्डको हाउडी खोलानजिकै बिहीबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पोषण थापाले बताए ।

घाइतेलाई स्थानीय सुकाटिया स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि सदरमुकाम मान्मस्थित जिल्ला अस्पताल पठाइएको सुकाटिया स्वास्थ्य चौकीका अहेज खगेन्द्रप्रसाद चौलागाईंले बताए ।

प्रकाशित : जेष्ठ १०, २०८१ १३:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?