कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मुगुमा पनि गर्मी बढेपछि बिहानी कक्षा संचालन 

मुगु — यो वर्ष अत्याधिक गर्मी बढेपछि सामुदायिक विद्यालयहरुले कक्षा संचालन गर्न बाध्य भएका छन ् । छायाँनाथ रारा नगरपालिका, खत्याड गाउँपालिका र सोरु गाउँपालिकाभरिका सामुदायिक विद्यालयले बिहान ६ बजेदेखि ११ बजेसम्म पढाई संचालन गरेका छन् । 

मुगुमा पनि गर्मी बढेपछि बिहानी कक्षा संचालन 

गर्मीले विद्यार्थी बेहोस भई बिरामी हुन थालेपछि बाध्य भएर बिहान पढाइ थालनी गर्नु पर्ने अवस्था उत्पन्न भएको शिक्षकहरुको भनाइ छ । तातो हावासंगै गर्मी बढेर छात्राछात्रहरु बेहोस भई बिरामी हुन थालेपछि बिहान ६ बजेबाट पढाई सुरु गर्नु परेको सोरु गाउँपालिकास्थित धैनकोट जगममाला माध्यमिक विद्यालयका प्रधानध्यापक नरजंग मल्लले बताए ।

गर्मीका कारण विद्यार्थीहरु बिहान स्कुल गएर पढने र दिउँसो घरमै गृहकार्य गर्ने गर्न थालेका छन् । 'अत्याधिक गर्मीले दिउँसो पढाउन नसकिने अवस्था आयो,' खत्याड सुकाढिक स्थित सर्बेदय माध्यमिक विद्यालयका शिक्षक लोकेन्द्र कार्कीले भने, 'बाध्य भएर बिहान कक्षा संचालन गर्नु परेको छ ।'

हिमालमा पनि तराई जस्तै गर्मीले जनजीवन प्रभाव पार्न थालेको उनले बताए । यो पटक हिमपात र वर्षा नहुँदा हिमाली जिल्ला मुगुमा पनि अत्याधिक गर्मी बढेको छ ।

प्रकाशित : असार ७, २०८१ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×