कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

११ महिनाको अवधिमा शे-फोक्सुन्डोमा २ करोड राजस्व संकलन

डोल्पा — हिमाली जिल्ला डोल्पा शे-फोक्सुन्डो राष्ट्रिय कार्यालयले ११ महिनामा २ करोड १५ लाख ४१ हजार राजस्व संकलन गरेको छ । 

११ महिनाको अवधिमा शे-फोक्सुन्डोमा २ करोड राजस्व संकलन

गत साउनदेखि जेठ मसान्तसम्म शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयले २ करोड १५ लाख ४१ हजार राजस्व संकलन गरेको निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत विश्वबाबु श्रेष्ठले कान्तिपुरलाई जानकारी गराए । गत वर्ष निकुञ्जले ८५ लाखमात्र राजस्व संकलन गरेको यो वर्ष २ करोड १५ लाख ४१ हजार राजस्व संकलन गर्न सफल भएको उनको भनाइ छ ।

निकुञ्ज संरक्षण अधिकृत श्रेष्ठका अनुसार यार्चा गुम्बुबाट १ करोड ४६ लाख र दण्ड जरिवाना काठ पूर्जी वन पैदावार पर्यटक प्रवेश शुल्कलगायत शीर्षकबाट ६९ लाख ४६ हजार गरी कुल २ करोड १५ लाख ४१ हजार राजस्व संकलन गरिएको छ । कुल संकलन भएको राजस्वमध्ये ३० देखि ४० प्रतिशत निकुञ्जको सामुदायिक विकास निर्माण मध्यवर्ती क्षेत्रमा आयमूलक कार्यक्रम संचालनका लागि खर्च गरिने निकुञ्जले जनाएको छ ।

साविकको कर्णाली अंचलको डोल्पा र मुगु जिल्लामा रहेका दुइवटा निकुञ्ज क्षेत्रमध्य रारा राष्ट्रिय निकुञ्ज र शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्ज रहेको र त्यसमध्य शे–फोक्सुण्डो निकुञ्जमा बढी राजस्व संकलन हुने गरेको रारामा कम राजस्व उठेन गरेको छ । रारामा जडिबुटी संकलन नहुने सीमित पर्यटकबाट काठ पूर्जी दण्ड जरिवाना वन पैदावारबाट मात्र राजस्व संकलन हुने गरेको छ ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज क्षेत्रमा यार्चा पाइने भएको त्यहाँ बढी राजस्व उठेन गरेको छ । रारामा वार्षिक आन्तरिक पर्यटक आगमनको संख्या १२ हजारदेखि १३ हजार रहेको छ भने डोल्पा शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा वार्षिक पर्यटक आगमनको संख्या ४ हजारदेखि ५ हजारसम्म छ ।

प्रकाशित : असार ६, २०८१ २१:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×