कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११२

रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते 

काठमाडौँ — रारा विमानस्थलमा सीता एयरको जहाजले ठक्कर दिँदा एक कर्मचारी घाइते भएका छन् ।

रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा कर्मचारी घाइते 

बिहीबार दिउँसो नेपालगञ्जदेखि यात्रु लिएर रारा विमानस्थल आएको सीता एयरको टुइनेटर जहाजको ठक्करबाट उक्त जहाजकै स्टेशन प्रमुख धिरेन्द्र भाम घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाकाअनुसार एयरपोर्टमा जहाज उडानको संकेत गराइरहेका भामलाई चालकले बोलाएपछि जहाज तर्फ जाँदै गर्दा जहाज गुड्ने क्रममा अघिल्लो भागले भामलाई ठक्कर दिँदा टाउकोमा चोट लागेको हो ।

उनलाई सीता एयरकै जहाजबाट उपचारको लागि नेपालगञ्ज लगिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०८१ १३:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x