कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कर्णाली करिडोरमा जोडिदै सिमकोट

राजबहादुर शाही

हुम्ला — कर्णाली करिडोर सडक हुम्लाको सिमकोटसँग जोडिन अब ८ सय मिटरमात्रै बाँकी छ । दुल्ली कुनादेखि लालीबगर सम्मको ८ किलोमिटर सडक निर्माण कार्यलाई नेपाली सेनाले तीब्रता दिएर काम पूरा गरी छारेदेखि ल्याप्चेसम्मको करिव ८ सय मिटर सडक निर्माणको काममात्रै बाँकी रहेकाो कर्णाली करिडोर सडक निर्माण कार्यदलले जनाएको छ । 

कर्णाली करिडोरमा जोडिदै सिमकोट

'हामीले जिम्मा लिएको कर्णाली करिडोर सडक अन्तर्गत हुम्लाको दुल्ली कुनादेखि लालीबगर सम्मको ८ किलोमिटरमध्ये छारेदेखि ल्याप्चेसम्मको ८ सय मिटर मात्र बाँकी छ, अरु काम पूरा भइसकेको छ,' कर्णाली करिडोर सडक निर्माण कार्यदलका सेनानी अमृत पराजुलीले भने ।

उनका अनुसार अहिले उक्त ८ सय मिटर खण्डमा धमाधम बलाष्टिङ गर्ने काम भइरहेको छ । यो काम पनि चालु आर्थिक वर्षभित्रै सम्पन्न हुने र हस्तान्त्रण गरिने उनले बताए । ८ सय मिटर सडकको काम सम्पन्न भएपछि कर्णाली करिडोर हुम्लाको सिमकोटसँग जोडिनेछ ।

सिमकोटमात्रै नेपालको त्यस्तो जिल्ला सदरमुकाम हो, जहाँ अहिलेसम्म पनि सडक पुगेको छैन । तर बाँकी रहेको ८ सय मिटर सडक बनेपछि सिमकोट पनि सडक सञ्जालमा जोडिनेछ ।

कालिकोट खुलालुदेखि हुम्ला सरिसल्ला सम्मको १ सय २२ किलोमिटर सडक सेनाले गत वर्ष नै काम सम्पन्न गरी हस्तान्त्रण गरिसकेको छ । अहिले कालिकोट खुलालुदेखि हुम्ला सरिसल्ला हुँदै दुल्ली, ल्याप्चेसम्म सवारी साधन ओहोर दोहोर गर्दै आएको छन् ।

पहिले कालिकोट खुलालुदेखि सरिसल्लासम्म सवारी साधन आउजाउ गर्दै आएका थिए भने सरिसल्लामा बेलिब्रिज निर्माण भएपछि माथि ल्याप्चे सम्म सवारी साधन पुग्ने गरेका छन् ।

प्रकाशित : फाल्गुन १२, २०८० १४:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×