कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रहरीद्वारा गत आर्थिक वर्ष ३ सय ९२ फरार प्रतिवादी पक्राउ

भैरहवा — प्रहरीले चार महिनाअघि रुपन्देहीको तिलोत्तमा–१७ दरखसवाका जंगबहादुर यादवको गोली हानी हत्या गरेको ज्यान मुद्दाका फरार प्रतिवादी रामप्रित मल्लाहलाई पक्राउ गर्‍यो ।

प्रहरीद्वारा गत आर्थिक वर्ष ३ सय ९२ फरार प्रतिवादी पक्राउ

प्रहरीका अनुसार मल्लाहमाथि जग्गा विवादमा २०६२ पुस २५ गते मल्लाहले घरमा सुतिरहेका यादवको गोली हानी हत्या गरेको अभियोग छ । मल्लाह गत चैत १३ गते पक्राउ परेका थिए ।

जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय तोकिएका एक फरार प्रतिवादीलाई प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ ।

तत्कालीन पुनरावेदन अदालत बुटवलको २०५९ वैशाख १६ गतेको फैसलाअनुसार जबरजस्ती करणी र ज्यान मार्ने उद्योग मुद्दामा तीन वर्ष कैद सजाय तोकिएका लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का बलिराम लोध पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरीको टोलीले गत असार ११ गते पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी रञ्जितसिंह राठौंरले जनाए ।

राठौंरका अनुसार बालिकाको हत्या अभियोगमा १० वर्ष कैद सजाय पाएर पनि गाउँघरमै बसिरहेका कोटहीमाई–३, का वीरेन्द्र जैसवाललाई पक्राउ गरेर कैद भुक्तानका लागि जिल्ला कारगार चलान गरिएको छ । २०६६ मंसिर २२ गते कोटहीमाई–३ मर्यादपुरस्थित जेएम इटा उद्योग शिलान्यास गर्ने दिन उद्योग सञ्चालक जैसवालले पूजा गर्ने नाममा स्थानीय ७ वर्षीया बालिकाको हत्या गरेको अभियोग छ ।

तत्कालीन पुनरावेदन अदालत बुटवलले २०६९ माघ १५ गते जैसवाललाई बालिका हत्यामा दोषी ठहर गरेर १० वर्ष कैद सुनाएको थियो । तर, जैसवाल गाउँमा खुलेआम बसिरहेका थिए ।

आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न अपराधमा दोषी ठहर भएर रुपन्देहीका विभिन्न स्थानमा लुकिछिपी बसिरहेका ३ सय ९२ फरार प्रतिवादीलाई जिल्ला प्रहरीले पक्राउ गरेको छ । यसरी पक्राउ फरार प्रतिवादीबाट १ करोड ६७ लाख २० हजार १ सय ८ रुपैयाँ जरिवाना समेत असुल गरिएको छ ।

पक्राउ फरार प्रतिवादीबाट १ सय ३४ वर्ष ६ महिना २४ दिन बराबर कैद असुल गरिएको एसपी राठौंरले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७९/०८० मा २ सय ९८ जना फरार प्रतिवादी पक्राउ परेका थिए ।

उनीहरूबाट ६१ लाख ६९ हजार ५ सय ३ रुपैयाँ बराबर जरिवाना भुक्तानी गरिएको थियो भने १ सय ६७ वर्ष १० महिना ४ दिन बराबर कैद असुल गरिएको थियो । ‘अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष फैसला कार्यन्वयनतर्फ ३३ प्रतिशतले वृद्धि भएको हो,’राठौंरले भने, ‘हामीले फरार प्रतिवादी पक्राउलाई गम्भीरतापूर्वक कार्यन्वयन गरिरहेका छौं ।’

प्रकाशित : श्रावण १०, २०८१ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×