कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

रुपन्देहीका ५ पालिकामा आज सार्वजनिक बिदा

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीका ५ पालिकामा बुधबार सार्वजनिक बिदा दिइएको छ । इस्लाम धर्मावलम्बीको महान पर्व मोहर्रमको अवसरमा यहाँको  रोहिणी गाउँपालिकासहित लुम्बिनी साँस्कृतिक नगरपालिका, कोटहीमाई गाउँपालिका, मर्चवारी गाउँपालिका र सम्मरीमाई गाउँपालिकाले बिदा दिएका हुन ।

बिदाको दिन गाउँ कार्यपालिकाको कार्यालय, मातहतका सम्पूर्ण वडा कार्यालय, शैक्षिक तथा स्वास्थ्य संस्थाहरुमा (आकस्मिक तथा आवश्यक सेवाबाहेक) विदा दिइएको अध्यक्ष यादवले जानकारी दिए ।

मुस्लिम धार्मिक गुरु हजरत इमामे हुसैनको सम्झनास्वरुप मनाइने यो पर्वमा मुस्लिम धर्मगुरुको प्रतीकस्वरुप तहजियाको पूजा गर्ने प्रचलन रहेको छ ।

प्रकाशित : श्रावण २, २०८१ ११:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×