कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ — राप्ती गाउँपालिका- १, भालुवाङमा शनिबार मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

घोराहीबाट नारायणगढ जाँदै गरेको रा १ ख २०६३ नम्बरको मिनिट्रकले पुर्वबाट पश्चिमतर्फ जांदै गरेको लु १४ प ४९९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गढवा गाउँपालिका- १ कालाकाटेका ४४ बर्षीय सन्तोष कुमार योगीको मृत्युभएको हो ।

ठक्करबाट गम्भीर घाइते योगीको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । चालक घोराही उपमहानगरपालिका-१३ का ३२ बर्षीय राजकुमार बिकलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेकोजिल्ला प्रहरी प्रमुख एसपी राम बहादुर केसीले बताए ।

प्रकाशित : असार २२, २०८१ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×