कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

११ वर्षीया बालिकासँग विवाह गरेको आराेपमा युवा पक्राउ 

अर्घाखाँची — ११ वर्षकी बालिकालाई फकाएर विवाह गरेको आरोपमा प्रहरीले ३० वर्षीय एक युवालाई पक्राउ गरेको छ ।

११ वर्षीया बालिकासँग विवाह गरेको आराेपमा युवा पक्राउ 

पाणिनि गाउँपालिका-४ पटौटी गाउँका ३० वर्षका अम्मर बहादुर रानाले वैशाख ३१ गते नाबालिकालाई विवाह गरेकोले पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतितसिंह राठाेरले बताए । उनले विवाह गरेकी बालिका ११ वर्ष ७ महिना ५ दिनकी छिन् ।

रानालाई प्रहरीले जेठ १३ गते दिउँसो घरबाटै पक्राउ राठाेरले बताए । रानालाई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान भैरहेको छ ।

१० कक्षासम्म अध्ययन गरेका रानाले ७ कक्षामा पढ्ने बालिकालाई फकाएर विवाह गरेका थिए । छाेरीलाई भगाएर विवाह गरेपछि माइती पक्षले नाबालिका भन्दै प्रहरीमा उजुरी दिएका थिए ।


प्रकाशित : जेष्ठ १४, २०८१ २०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×