कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

समस्याग्रस्त बाघको खोजीमा हात्तीसहित खटियो प्राविधिक टोली

कमल पन्थी

बर्दिया — समस्याग्रस्त बाघलाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जमा हात्तीसहितको प्राविधिक टोली खटिएको छ । समस्याग्रस्त बाघको खोजीका लागि क्यामेरा ट्रयाप राखिएको छ ।

क्यामेरा ट्र्यापमा समस्याग्रस्त बाघ देखिएको डिभिजन वन कार्यालयका प्रमुख प्रवीण बिडारीले बताए । त्यस ठाउँमा एउटा बदेल समेत बाघले मारेको देखिएको छ ।

बिहीबार दिउँसो बर्दिया बासगढी नगरपालिका–४ जनचेतना सामूदायिक वन बठुवामा बाघको आक्रमणमा बाँके बैजनाथ गाउपालिका–८ हस्नापुरकी मनिषा रोकायाको मृत्यु भएको थियो ।

रोकाया संगै उनकी दिदी बासगढी नपा–४ बठुवाका कैलाशपति थारु संगै जादै गर्दा बाघले आक्रमण गरेको थियो । रोकाया पिशाव फेर्न जाँदा बाघले आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ ।

निकुञ्जका कर्मचारी, तीन वटा हात्ती, राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्राविधिक टोलीसहित वनका कर्मचारी परिचालन भएको संरक्षण कोषका प्रमुख अजित तुम्बाहाम्फेले बताए ।

खोजी कार्य जारी भएकोले समस्याग्रस्त बाघलाई नियंत्रणमा लिने प्रयास भइरहेको उनले जानकारी दिए ।


प्रकाशित : जेष्ठ १३, २०८१ १७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×