२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

आगलागीले घर जलेपछि १२ परिवार विस्थापित

अर्घाखाँची — भुमिकास्थान नगरपालिका–३ रातामाटा गाउँमा शनिवार लागेको आगलागीबाट २६ घरगोठ जलेर नष्ट भएका छन् । उनीहरुमध्ये पूर्णरुपमा घर क्षति भएका १२ घर  परिवार विस्थापित भएका छन् ।

१२ घरका करिब ५५ जना घरविहीन भएको र छिमेकीको शरणमा पुगेका वडाध्यक्ष कृष्णप्रसाद बञ्जाडेले बताए ।

‘शनिवार दिउँसो सातामाटा वनमा आगो लागेको थियो, एक्कासी ठुलो हावाहुरी आयो,’ उनले भने, ‘हेर्दाहेर्दै घर घरगोठ जले । हावाहुरीले वनमा आगो फैलियो ।’ घर पुरै जलेर विस्थापित भएका १२ घरपरिवारलाई तत्काल बस्ने व्यवस्था मिलाउन लागिएको उनले बताए ।

रेडक्रस, जिल्ला प्रशासन कार्यालयले राहत वितरण गरेको छ । शनिवार दिउँसो देखि रातभरसम्म लागेको आगोले ठूलो क्षति पुर्‍याएको छ । सेना, सशस्त्र, प्रहरी, वन कार्यालयका कर्मचारी, जनप्रतिनिधि र स्थानीयले विहानपख मात्रै वन र गाउँको आगो नियन्त्रणमा लिएका थिए ।

रातामाटामा ५० लाख भन्दा बढीको धनमाल, अन्नपात, सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख ९, २०८१ १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?