कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बाँकेको क्यान्सर अस्पतालमा आगलागी

रुपा गहतराज

नेपालगन्ज — बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ । अस्पतालमा रहेको सिटी स्क्यान रुममा आगलागी भएको अस्पतालका मेसु डा.प्रकाश साहले बताए ।

उनका अनुसार आगो तीन घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको छ । आइतबार दिउँसो साढे ४ बजेतिर सिटी स्क्यान कक्षको एसीबाट सल्केको आगो नियन्त्रणमा आउँदासम्म रेडियोलोजी विभागको सम्पूर्ण कक्षमा फैलिएको थियो ।

आगलागीबाट सिटी स्क्यान कक्षमा क्षति पुगेको छ भने मेसिन र प्राविधिक सामानहरु अस्पतालका कर्मचारी, प्रहरी र स्थानीयले बाहिर निकालेका थिए ।

आगो नेपालगन्ज उपमहानगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी, नेपाल प्रहरी र अस्पतालका कर्मचारीहरुको प्रयासबाट नियन्त्रणमा लिइएको डा साहले बताए । उनले आगलागीबाट भएको क्षतिको विवरण प्राविधिक मूल्यांकनपछि मात्र थाह हुने बताए ।

प्रकाशित : चैत्र १८, २०८० २२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×