कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

लुम्बिनीको शिखर सम्मेलन मन्त्रिपरिषद् बैठकबाट स्थगित

वीरेन्द्र केसी

देउखुरी, दाङ — केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि फागुन २८ र २९ गते लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ लुम्बिनी सरकारले स्थगित गरेको छ ।

लुम्बिनीको शिखर सम्मेलन मन्त्रिपरिषद् बैठकबाट स्थगित

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको अध्यक्षतामा दाङको देउखुरीमा आज बसेको मन्त्रिपरिषद् बैठकले विशेष कारण भन्दै हाललाई स्थगन गरेको छ ।

सम्मेलन तयारीको अन्तिम चरणमा केन्द्रमा नयाँ गठबन्धनको सरकार भएपछि शिखर सम्मेलनलाई प्रत्यक्ष प्रभाव पारेको छ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोषकुमार पाण्डेयले केन्द्रमा गठबन्धन भन्दा पनि आन्तरिक तयारी नपुगेर हाललाई सम्मेलन स्थगित गर्नु परेको बताए ।

सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्वप्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने कार्यक्रम निश्चत भएको थियो । केही समयदेखि मुख्यमन्त्री कार्यालयको बुटवल सम्पर्क कार्यालयमा कर्मचारीले आन्तरिक तयारी व्यापक गरेका थिए ।

प्रकाशित : फाल्गुन २२, २०८० १५:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×