कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भीरबाट लडेर तीर्थयात्रीको मृत्यु 

नवीन पौडेल

परासी — पूर्वी नवलपरासीको बिनयत्रिवेणीमा भीरबाट लडेर एक जना तीर्थयात्रीको मृत्यु भएको छ ।

मदार बाबा मेलाको दशर्न गरेर फर्कनेक्रममा बिनयत्रिवेणी गाउँपालिका-६ खैरनी जङलमा भारतीय तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको हो ।

भारत उत्तर प्रदेश कुसीनगरका ३८ वर्षको पंकज कुमार कुशहवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी निरीक्षक साजन शर्माले बताए । भीरबाट लडेर अचेत भएका कुशहवाको उपचारको क्रममा जिल्ला अस्पताल मध्यबिन्दुमा मृत्यु भएको हो ।

फागुन १७ गतेबाट सुरु भएको मेलामा नेपाल र भारतका लाखौँ दर्शनार्थीको घुँइचो लागेको छ । हिन्दु र मुस्लिम धर्मावलम्वीको आस्थाको केन्द्र मानिन्छ ।

प्रकाशित : फाल्गुन १९, २०८० २०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×