कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

युक्रेनी सेनाको नियन्त्रणमा रहेका लामिछानेलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

हरिराम उप्रेती

गोरखा — युक्रेनी सेनाको नियन्त्रणमा रहेका आरुघाट गाउँपालिका-१०, खत्रीस्वाराका इश्वर लामिछानेको रिहाईका माग गर्दै जनप्रतिनिधि तथा परिवारका सदस्यले परारष्ट्रमन्त्री एनपी साउदको ध्यानाकर्षण गराएका छन् । 

युक्रेनी सेनाको नियन्त्रणमा रहेका लामिछानेलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण

आरुघाट गाउँपालिका-१० का अध्यक्ष सन्जित श्रेष्ठको नेतृत्वमा बुधबार सिंहदरवार पुगेको टोलीले मन्त्री साउदलाई भेटेर युक्रेनसँग समन्वय गरी लामिछानेको सकुशल रिहाइ र नेपाल फिर्ताको बातावरण बनाउन कुटनीतिक पहल गरिदिन माग गरे ।

जनप्रतिनिधिसँगै परिवारको तर्फबाट इश्वरको बहिनी रुपा लामिछाने तथा स्थानीय युवाहरु सिंहदरबार पुगेका थिए । मन्त्री साउदले युक्रेनमा बन्धक रहेका नेपालीहरुलाई सकुशल रिहाईका निम्ति गम्भीर रहेको र युक्रेनसँग आवश्यक कुटनीतिक पहल भइरहेको बताएका थिए ।

लामिछाने ‘भिजिट भिसा’मा गत साउन १० मा रुस पुगेका थिए । त्यसपछि रुसी सेनामा भर्ना भएका लामिछाने पाँच महिनादेखि परिवारको सम्पर्कमा थिएनन् । असोज २२ गतेसम्म परिवारसँग कुराकानी गर्दै आएका लामिछाने त्यसयता भने सम्पर्कविहीन थिए ।

फागुन १२ गते एक टेलिभिजन अन्तर्वार्तामा लामिछाने युक्रेनी सेनाको नियन्त्रणमा रहेको जानकारी पाएपछि परिवारका सदस्यले नेपाल फिर्ताको लागि पहल गर्दै आएका छन् । प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई पनि केही दिन अघि भेटेर नेपाल फिर्ताका लागि सहयोग गरिदिन परिवारका सदस्यले आग्रह गरेका थिए ।

प्रकाशित : फाल्गुन १६, २०८० २०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×