कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

एमालेले वाग्मतीको मन्त्रिपरिषद्‌मा सहभागी हुनेको नाम टुंग्यायो

सुवास विडारी

मकवानपुर — नेकपा एमालेले वाग्मती प्रदेशको मन्त्रिपरिषद्मा सहभागी हुनेको नाम टुंग्याएको छ । एमाले प्रदेशमा पाएको ६ मन्त्रालयमा भक्तपुरका किरण थापा, काठमाडौंका प्रकाश श्रेष्ठ, ललितपुरका प्रेमभक्त महर्जन, सिन्धुलीकी सुकमाया तामाङ, चितवनका कृष्णप्रसाद सिलवाल तथा काठमाडौंका अमनकुमार मास्के मन्त्री बन्ने भएका हन् ।

एमालेले वाग्मतीको मन्त्रिपरिषद्‌मा सहभागी हुनेको नाम टुंग्यायो

उनीहरूको जिम्मेवारी भने अझै टुंगिसकेको छैन ।

एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय प्राप्त गर्ने बुझिएको छ । सत्तासाझेदार एमाले र कांग्रेसबीच युवा तथा खेलकुद मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयमा अझै सहमति भएको छैन ।

एमालेको समर्थनमा कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले आजै मुख्ममन्त्रीमा दाबी पेस गर्ने भएका छन् ।

यी हुन् एमालेबाट मन्त्रीहरू

१) प्रकाश श्रेष्ठ- कृषि तथा पशुपन्छी मन्त्रालय

२) किरण थापा- स्वास्थ्य मन्त्रालय

३) कृष्ण सिलवाल - वन तथा वातावरण

४) सुकमाया तामाङ - उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय

५) अमन मास्के- भौतिक पूर्वाधार विकास मन्त्रालय

६) प्रेमभक्त महर्जन- श्रम रोजगार तथा यातायात मन्त्रालय

प्रकाशित : श्रावण ८, २०८१ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×