कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सिमभज्याङमा एक दम्पतीद्वारा बुद्धको मूर्ति स्थापना

प्रताप विष्ट

हेटौँडा — मकवानपुरको सबैभन्दा उचो भु-भागमा हेटौंडाका एक दम्पतीले बुद्धको मूर्ति स्थापना गरेका छन् । 

सिमभज्याङमा एक दम्पतीद्वारा बुद्धको मूर्ति स्थापना

हेटौंडा उपमहानगरपालिका-११ का समाजसेवी सिद्धिलाल श्रेष्ठ र बविता श्रेष्ठले थाहा नगरपालिका-४ सिमभन्ज्याङमा साढे १८ फिट उचाईको बद्धको मूर्ति स्थापना गरेका हुन् ।

२४८८ मिटर उचाईमा रहेको सिमभन्ज्याङको सानो समथर थुम्कोमा श्रेष्ठ दम्पतीले स्थापना गरेको बुद्धको मूर्तिको २५६८ औँ बुद्ध जयन्तीको अवसरमा थाहा नगरपालिकाका मेयर बिष्णु बिष्टले बिहीवार एक समारोहबीच अनावरण गरेका थिए ।

अनावरण गर्दै मेयर विष्टले पर्यटकीय क्षेत्रमा बुद्धको मूर्ति स्थापना गरेर आन्तरिक एवं वाह्य पर्यटकहरुलाई आकर्षित गर्न योगदान पुर्‍याएको बताए । स्थापना गरिएको बुद्धको मूर्तिको संरक्षणको जिम्मा स्थानीयवासी र पालिकाले लिनेसमेत प्रतिवद्धता व्यक्त गरेका थिए ।

त्रिभुवन राजपथको सडक छेउको थुम्कोमा निर्माण गरिएको वृद्धको मूर्तिले खास गरी वौद्धमार्गीहरुलाई सिमभन्ज्याङ क्षेत्रमा आकर्षण गर्ने वडाध्यक्ष विनोद लामाले बताए । बुद्धको मूर्ति यस क्षेत्रमा स्थापना गरिएको छैन,यो नै पहिलो हो उनले भने । श्रेष्ठ दम्पतीले करिब १५ लाखको लागतमा उक्त मूर्ति निर्माण गरेर स्थापना गरेका हुन् ।

बुद्धको मूर्तिको अनावरण र प्राण प्रतिस्थापनपश्चात स्थानीयबासी मूर्तिमा पुजाआज गर्न भीड लागेका थिए । मकवानपुरगढी-७ का हर्करत्न भुलुनले ६ महिना लगाएर उक्त बुद्धको मूर्ति बनाएका थिए । श्रेष्ठ दम्पतीले हेटौंडा उपमहानगरपालिका-११ राप्ती पुल नजिकै बुद्धको मूर्ति स्थापना गरेर आकर्षक बुद्ध पार्क निर्माण गरेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०८१ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×