कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

भन्सार छलेर ल्याएको ७७ लाखको सामानसहित एक व्यक्ति पक्राउ

प्रताप विष्ट

हेटौंडा — मकवानपुर प्रहरीले ७७ लाख मूल्य बरावरको अवैध सामानसहित एक जनालाई पक्राउ गरेको छ  । 

भन्सार छलेर ल्याएको ७७ लाखको सामानसहित एक व्यक्ति पक्राउ

पुर्वपश्चिम राजमार्गको मनहरी गाउँपालिका-७ स्थित सडक खण्डमा प्रहरीले मंगलबार राति वाग्मती विएडी ४३७० नम्वरको सवारी साधन रोकेर चेकजाँच गर्ने क्रममा उक्त गाडीमा अवैध भन्सार छलेर चोरी पैठारी गरी ल्याइएका सामान पाइएको थियो । प्रहरीले ती सामानसहित चालक २८ वर्षीय राजकुमार चौधरीलाई पक्राउ गरेको हो । उनी त्रियुगा नगरपालिका-१३, उदयपुरका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायप उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार चौधरीले हाँकिरहेको गाडीमा बिलबिजक नभएका साडी, कुर्थासुरुवाल, टि-सर्ट, पाईन्ट, जुत्ता लगायतका लत्ताकपडाहरु २७४४ थान, बिभिन्न कम्पनीका आईफोन, सामसुङ,भिभो, आईटेल, रेड्मी लगायतका ८२ थान मोबाइलसमेत गरी करिब ७७ लाख रुपैयाँ बराबरका सामाग्री समेत बरामद गरिएको छ ।

लोथरबाट हेटौंडातर्फ आउँदै गरेको उक्त ट्रक रोकेर खानतलासी गर्ने क्रममा भन्सार छली ल्याएको अवैध सामानहरु फेला परेको हो । आवश्यक अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जनाएको छ ।

प्रकाशित : चैत्र २१, २०८० १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×