कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वाग्मतीमा एमालेबाट चारजना मन्त्री बन्दै, आज शपथ

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारमा एमालेबाट आज मंगलबार ४ जना सांसदले मन्त्रीको रुपमा शपथ ग्रहण गर्ने भएका छन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ४ जना मन्त्री नियुक्त गर्दै आजै दिउँसो शपथको तयारी गरेका छन् ।

वाग्मतीमा एमालेबाट चारजना मन्त्री बन्दै, आज शपथ

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका अनुसार एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशवप्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त गर्ने तयारीमा मुख्यमन्त्री जम्कट्टेल रहेका छन् । गत २०७९ पुस २५ मा गठित सरकारमा पठाएका तीन जना मन्त्रीलाई पुनः जिम्मेवारी दिन लागेको एमालेले जनाएको छ । थप एक जना पहिलोपटक मन्त्री बन्दै छन् ।

स्रोतका अनुसार मंगलबार बिहान हेटौंडामा बसेको एमाले संसदीय दलको बैठकले प्रकाश श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेललाई वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठलाई खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय र रामेश्वर श्रेष्ठलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकेको बुझिएको छ ।

एमालेबाट चारजनाले शपथ लिएसँगै प्रदेशमा १२ मन्त्रालयमा एक विभागीयसहित १३ मन्त्री नियुत्त भएका छन् ।

आजै बिहानमात्र एकीकृत समाजवादीबाट एक मन्त्रीले सपथ ग्रहण गरेका थिए । उनलाई मुख्यमन्त्री जम्कट्टेलले विना विभागीय मन्त्रीका रूपमा नियुक्त गरेका थिए । एमालेबाट चैत १७ मा संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजनामन्क्री नियुक्त भएका थिए भने चैत १५ मा हाम्रो नेपाली पार्टीबाट संस्कृति, पर्यटन तथा सहकारी मन्क्रालयमा शैलेन्द्रमान बज्राचार्य नियुक्त भएका थिए ।

प्रकाशित : चैत्र २०, २०८० १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×