कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

रमेशकुमार पौडेल

चितवन — तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक आइतबारदेखि बन्द नहुने भएको छ । नागढुंगा-मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी रहेका इन्जिनियर कृष्णप्रसाद आचार्यले पहाड काट्ने काम लगभग सकिएकाले आइतबारदेखि बाटो बन्द  नगर्ने निर्णय भएको जानकारी दिए ।

नारायणगढ-मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

'अब पहाड काट्न दुई मिटर जति मात्र बाँकी होला । त्यसैले गाडी बन्द गरिरहनु पर्ने अवस्था रहेन,' इन्जिनियर आचार्यले भने ।

तुइन खोलामा पुल बनाउन सडक आडको पहाडको भित्तो काट्न गत वर्ष र यो वर्ष पुसदेखि दिनहुँ सडक बन्द हुने गरेको थियो । ६० मिटर अग्लो पहाड काट्न गत वर्ष पुस ५देखि फागुन २० सम्म दैनिक चार घण्टा बाटो बन्द गरिएको थियो । गत वर्ष जम्मा २५ मिटरमात्रै पहाड काटेर काम रोकिएको थियो । यस वर्ष पुस ७ गतेदेखि दिउँसो चार घण्टा बाटो बन्द गरेर पहाड काट्न सुरू गरिएको थियो ।



प्रकाशित : फाल्गुन ११, २०८० २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×