कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

वाग्मती प्रदेशको हिउँदे अधिवेशन आगामी साता

रासस

मकवानपुर — वाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको हिउँदे अधिवेशन यही फागुन १५ गते अपराह्न ३ बजे आह्वान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले हिउँदे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामाले बताए । 

वाग्मती प्रदेशको हिउँदे अधिवेशन आगामी साता

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा आज भएको बैठकले प्रदेश शिक्षा नीति, विपन्न दलित सशक्तीकरणसम्बन्धी कार्यविधि र प्रदेश स्वयम्सेवक परिचालन कार्यविधिलाई स्वीकृति दिने निर्णय गरेको मन्त्री लामाले जानकारी दिए ।

प्रदेशका समस्याग्रस्त सहकारीका समस्या अध्ययन गर्न १६ जना कर्मचारी दरबन्दी स्वीकृत गरिएको मन्त्री लामाले बताए ।

प्रकाशित : फाल्गुन ८, २०८० २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×