कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

महोत्तरीको गौशालामा गोली चल्यो, एक घाइते 

महोत्तरी — महोत्तरीको गौशालामा अज्ञात समूहले चलएको गोली लागि एक व्यक्ति घाइते भएका छन् । सोमबार साँझ साढे ५ बजे गौशालास्थित मडाह खोलामा गोली चलेको प्रहरीले जनाएको छ ।

महोत्तरीको गौशालामा गोली चल्यो, एक घाइते 

गोली लागि घाइते हुनेमा गौशाला-५ का अन्दाजी ३८ वर्षका विनयकुमार महतो रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए ।

महतोको गौशाला प्राथमिक उपचार केन्द्रमा उपचार पछि जनकपुर रेफर गरिएको जयसवालले बताए । मडाह नदीमा पैदल यात्रीलाई मोटरसाइकलमा आएको अज्ञात समूहले गोली चलाएको प्रारम्भिक सूचना रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २८, २०८१ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×