कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पर्सामा चक्कु प्रहारबाट १ को मृत्यु

शंकर आचार्य

पर्सा — छिमेकीको चक्कु प्रहारबाट सखुवा प्रसौनी गाउँपालिका-४ ओझैया प्रसौनी टोल बस्ने ५० वर्षीय ललाइ हजरा दुसादको शुक्रबार मृत्यु भएको छ । उनका छिमेकी सुवास हजरा दुसादले नशालु पदार्थ सेवन गरी साँझ ६ बजे ललाइमाथि चक्कु हानेका थिए ।

गम्भीर घाइते भई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा लाँदै गर्दा ललाइको बाटोमै मृत्यु भएको थियो ।

गाउँमा अशान्ति भएपछि इलाका प्रहरी कार्यालय पटेरवा सुगौलीका प्रहरी निरीक्षक इन्स्पेक्टर मोहनजंग बुढाथापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले स्थिति नियन्त्रणमा लिएको थियो । चकु प्रहार गर्ने सुवास हजार दुसादलाई नियन्त्रणमा लिएको समेत प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ११, २०८१ २२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×