कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

ह्वाट्सएपमा आईजीको तस्बिर राखेर १३ लाख ठग्ने पक्राउ

अवधेशकुमार झा

राजविराज — ह्वाट्सएपमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरको तस्बिर राखेर पैसा असुल्ने तीन जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको राजविराजका एक व्यक्तिलाई +९२३२५०१६९१३५ नम्बरको   ह्वाट्सएप आईडीबाट फोन गरी सो समूहले 'तिम्रो छोरा हाम्रो नियन्त्रणमा छ' भन्दै   रकम मागेका थिए ।

ह्वाट्सएपमा आईजीको तस्बिर राखेर १३ लाख ठग्ने पक्राउ

रकम नपठाए छोरालाई मारिदिने धम्की दिएपछि विभिन्न बैंकको फरक खातामा १२ लाख ८० हजार रुपैयाँ जम्मा गराएका थिए । जम्मा गरिएको सो रकम धम्की दिने समूहले उठाएका थिए । यो घटनाको अनुसन्धानमा जुटेको प्रहरीले तीन जनालाई आइतबार नियन्त्रणमा लिएको हो ।

मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएकाहरूमा झापाको मेचीनगर-६ का सविन मैनाली, वडा नम्बर-१० का शुभम मैनाली र सुनसरीको धरान -३ का आशिका बराइली रहेका छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूलाई अदालतमा उपस्थित गराई ठगी मुद्दामा ७ दिनको म्याद थप गरिएको छ ।

प्रकाशित : फाल्गुन २१, २०८० १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×