कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

१ सय ६७ जनाको सीमाबाट उद्धार

माधव ढुंगाना

भैरहवा — मानव बेचबिखनविरुद्ध कार्यरत संस्था माइती नेपाल भैरहवा शाखाले बितेको एक बर्षमा बेचबिखनको जोखिममा परेका १ सय ६७ जना महिला तथा किशोरीलाई विभिन्न सीमानाकाबाट उद्धार गरेको छ । शाखाकी प्रमुख माया क्षेत्रीले सन् २०२३ मा बेचबिखनमा परेकाहरुलाई भारतको विभिन्न स्थानबाट ४ जना, तेश्रो मुलुक कुवेतबाट १ जनाको उद्धार गरी रुपन्देही जिल्ला अदालतमा मानव बेचबिखनको एउटा मुद्धा दर्ता गरिएको जानकारी दिइन् ।

१ सय ६७ जनाको सीमाबाट उद्धार

‘पछिल्लो समयमा बैदेशिक रोजगारीको नाममा भारत हुँदै बिदेश जाने गरेका महिला तथा किशोरी बेचबिखनको जोखिममा बढी पर्ने गरेका छन्’ उनले भनिन्, ‘बैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासनको प्रक्रिया पूरा नगरेर नेपालबाट जान प्रतिबन्ध लगाइएका मुलुकमा भारत हुँदै जान नेपालको खुला सीमाना नै मुख्य चुनौती बनेको छ ।’

उनका अनुसार बेचबिखनमा परेकामध्ये ९० प्रतिशत वैदेशिक रोजगारीका नाममा जाने परेका छन् । जसमध्ये अधिकांश किशोरी आर्केष्टा (नाच्ने) कालागि भारतको विभिन्न सहरमा जाने र २५ बर्ष माथिका युवती बैदेशिक रोजगारीकालागि भन्दै खुल्ला सिमानाबाट भारततर्फ जाने गरेका छन् ।

शाखाले सन् २०२३ मा रुपन्देहीको बेलहिया लगायतका सीमा नाका हुँदै वैदेशिक रोजगारी र आर्केष्टामा जान लागेका ७ हजार २ सय ५८ जना किशोरी, महिला तथा युवतीलाई मानव बेचबिखन र बैदेशिक रोजगारीकालागि सुरक्षित आप्रवासनका बारेमा परामर्श दिएको थियो ।

बैदेशिक रोजगारीकालागि पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यालयमा पुगेका १ हजार २ सय ५८ जनालाई जिल्ला प्रशासन कार्यालयस्थित माइती नेपालको इकाइबाट परामर्श दिइएको छ । माइती नेपाल भैरहवा शाखामा २०२३ मा खोजतलाशकालागि २९ वटा र घरेलु हिंसा सम्बन्धी १६ वटा निवेदन परेका थिए । जसमध्ये, १९ जना फेला परेको क्षेत्रीले बताइन् । अन्यको खोजी जारी छ ।

‘माइती नेपालको पहलमा सिद्धार्थनगर र सैनामैना नगरपालिकामा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यबिधी बनाइ नगरप्रमुखको संयोजकत्वमा समिति बनाइएको छ,’ उनले भनिन्, ‘ती दुवै नगरपालिकाको सम्पुर्ण वडामा पनि वडा अध्यक्षको संयोजकत्वमा वडास्तरीय समितिको गठन गरी मानव बेचबिखन तथा ओसार पसारविरुद्ध क्रियाशिल छ ।’

प्रकाशित : फाल्गुन १७, २०८० १९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×