कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आगलागी हुँदा तीन घर जलेर नष्ट

धनकुटा — महालक्ष्मी नगरपालिका-५ स्थित रामबजार नजिक बिहीबार अपरान्ह आगलागी हुँदा तीन वटा घरमा क्षति पुगेको छ । अपरान्ह ४ बजेदेखि सुरु भएको आगोलागीबाट स्थानीय श्रीचन बुढाथोकी, सुर्यबहादुर श्रेष्ठ र देवीप्रसाद खड्काको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागी हुँदा तीन घर जलेर नष्ट

आगो नियन्त्रणको लागि धनकुटा नगरपालिकाको दमकलसहित प्रहरी तथा स्थानीयबासी खटिएको जनाइएको छ ।

प्रारम्भिक जानकारी अनुसार विद्युत् सर्टबाट आगलागी भएको जिल्ला प्रहरी प्रमुख एसपी श्यामसिंह चौधरीले बताए । घटनाको थप जानकारी आउन बाँकी रहेको उनले बताए ।

प्रकाशित : श्रावण १०, २०८१ १९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×