कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

युवा र किशोर किशोरीलाई केलाङ प्रशिक्षण

लक्ष्मी गौतम

पाँचथर — किराँत याक्थुङ चुम्लुङ पाँचथरले ग्रामीण क्षेत्रका युवा र किशोर किशोरीलाई संस्कृति जगेर्नामा प्रेरित गर्न केलाङ प्रशिक्षण दिएको छ । लिम्बू संस्कृतिमा आधारित च्याब्रुङ नाचको जगेर्नाका लागि चुम्लुङले यो अभियान चलाएको हो । 

युवा र किशोर किशोरीलाई केलाङ प्रशिक्षण

पछिल्लो पटक चुम्लुङले फिदिम नगरपालिका-५ चोकमागूमा आयोजना गरेकोे सप्ताहब्यापी च्याब्रुङ प्रशिक्षणमा ३० जना किशोर किशोरी र युवा युवतीले भाग लिएका थिए । लिम्बू भाषामा च्याबुङ नृत्यलाई केलाङ भनिन्छ । यसअघि चुम्लुङले जिल्लाको फालेलुङ गाउँपालिकामा पनि च्याब्रुङ प्रशिक्षण सम्पन्न गरेको थियो ।

कोशी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालयसँगको सहकार्यमा सञ्चालन भइरहेको केलाङ प्रशिक्षणलाई जिल्लाका आठवटै स्थानीय तहमा पुर्‍याइने चुम्लुङका जिल्ला उपाध्यक्ष सुवाष तुम्बापोले जानकारी दिए ।

प्रकाशित : श्रावण २, २०८१ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×