कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

झुक्किएर नेतृत्वमा आएका ‘ब्याकबेन्चर’हरुले राजनीति गर्न जानेनन् : मुख्यमन्त्री कार्की

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कहिलेकाहीं झुक्किएर राजनीतिक नेतृत्वमा पुगेका ‘ब्याकबेन्चर’हरुले नेतृत्व चलाउन नसकेको र नजान्ने बताएका छन् । कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीप्रति लक्षित गर्दै उनले आइतबार इटहरीको एक कार्यक्रममा भने, ‘त्यही कारण राजनीतिज्ञहरुका लागि अध्ययन अत्यावश्यक छ ।’

झुक्किएर नेतृत्वमा आएका ‘ब्याकबेन्चर’हरुले राजनीति गर्न जानेनन् : मुख्यमन्त्री कार्की

इटहरी जेसिजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सफल नेता बन्न सबभन्दा पहिले आफूले आफूलाई चिन्न जरुरी रहेको बताए । ‘आफूलाई बुझ्दै समाज र राष्ट्रप्रतिको दायित्व बुझे सफल नेता बन्न सकिन्छ, सफल नेतृत्व उत्पादन हुन्छ’, मुख्यमन्त्री कार्कीले भने ।

नेताबारे आम जनतामा एउटा नकारात्मक भाष्य निर्माण भएको भन्दै मुख्यमन्त्रीले नेताहरु भ्रष्ट हुन्छन्, पढेका हुँदैनन्, व्यभिचारी हुन्छन् भन्ने भाष्य चिर्न पनि नेताहरु सक्षम बन्न जरुरी रहेको औंल्याए ।

नेताहरु आर्थिक लाभ र लोभबाट सधै सचेत रहनु पर्ने भन्दै उनले आर्थिक लोभले नेताहरुको छवि बिग्रिँदै जाने र अन्तिममा जनताबाट अविश्वास उठ्ने बताए ।

मुख्यमन्त्री कार्कीले संघीय संरचनामा सबैभन्दा उत्कृष्ट नतिजा प्रदेश सरकारले दिइरहेको दाबी गर्दै संघीयता अघि २० वर्षमा नभएको विकास बितेको ६ वर्षमा भएको दाबी गरे । कार्कीले थपे, ‘त्यही कारण संघीयतालाई घाँडो मान्न हुन्न, अवसर ठान्नुपर्छ ।’


प्रकाशित : जेष्ठ २७, २०८१ १६:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×