कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

आगलागीले मान्छे नभएको घर जलेर नष्ट

लक्ष्मी गौतम

पाँचथर — तुम्वेवा गाउँपालिका-१ रातमाटेमा आगलागी भएको छ । बस्ती नजिकै जंगलबाट सल्केको आगो बस्ती प्रवेश गर्दा स्थानीयको एउटा घर जलेको छ भने २ वटा खोल्मासँगै तीन वटा सुँगुर जलेर मरेका छन् ।

घर खाली रहेका कारण मानवीय क्षति भने नभएको गाउँपालिका उपाध्यक्ष खड्गसुन्दर सम्वाहाम्फेले जानकारी दिए ।

सम्वाहाम्फेका अनुसार आगलागीमा पार्थबहादुर बुडाथोकीको घरसँगै सहरसिंह तामाङका २ वटा खोल्मा र ३ वटा सुगुर जलेर मरेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख हेमन्तबहादुर क्षेत्रीले घट्नाको पुष्टि गरेका छन् । आगो नियन्त्रणमा आएको उनले बताए ।

आगो दिउँसो २ बजे सल्केको हो ।

प्रकाशित : फाल्गुन २१, २०८० १७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×