कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उपभोक्तालाई ५० प्रतिशत छुटमा विधुतीय चुल्हो

लक्ष्मी गौतम

पाँचथर — पाँचथरको फिदिम नगरपालिकाले नगरका नागरिकलाई विद्युतीय चुल्हो वितरण सुरु गरेको छ । भान्छामा सहजता ल्याउन भन्दै नगरपालिकाले ५० प्रतिशत अनुदानमा चुल्हो वितरण सुरु गरेको हो ।

उपभोक्तालाई ५० प्रतिशत छुटमा विधुतीय चुल्हो

इन्धनको बचत र वातावरण संरक्षणसँगै ग्याँसको खपत घटाउन नगर क्षेत्रका सबै वडामा विद्युतीय चुल्हो वितरण सुरु गरेको नगरप्रमूख मित्रप्रसाद काफ्लेले बताए ।

१४ वटा वडा रहेको नगरपालिकामा सवैभन्दा धेरै विद्युतीय चुल्होको माग वडा नम्वर-४ बाट आएको छ । जहाँबाट १ सय २८ जनाले चुल्हो माग गर्दै निवेदन दिएको काफ्लेको भनाइ छ । चुल्हो वितरणको सुरुवात सोमबार नगरप्रमुख मित्रप्रसाद काफ्ले, उपप्रमूख राधाकृष्ण न्यौपाने र वडा नम्वर-४ का अध्यक्ष उपेन्द्र लावतीले गरे।

विधुतीय चुल्हो वितरण आज फिदिम नगरपालिका ४ बाट सुरु गरेको नगरपालिकाले जनाएको छ । यस वर्ष करिब एक हजार उपभोक्तालाई विद्युतीय चुल्हो वितरण गर्ने लक्ष्य नगरपालिकाको छ ।

३ हजार ८ सय रुपैंया मुल्यको उक्त चुल्हो नगरपालिकाले उपभोक्तालाई १ हजार ९ सय रुपैंयामा उपलव्ध गराएको हो ।

प्रकाशित : फाल्गुन २१, २०८० २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×