कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सगरमाथा माथि उडान भर्ने खोया हाँस मेचीमा 

पर्वत पोर्तेल

झापा — सर्वोच्च शिखर सगरमाथा भन्दा माथि उडान भर्ने ‘बार हेडेड गुस’ भनिने खोया हाँस नामको चरा मेची नदीमा देखा परेको छ । संरक्षणकर्मीहरुका अनुसार मेचीमा खोया हाँस देखिनु अनौठो कुरा हो । 

सगरमाथा माथि उडान भर्ने खोया हाँस मेचीमा 

स्थानीय संरक्षणकर्मी युवा सन्दीप लुइँटेलले शुक्रबार बिहान मेची नदीमा टहलिरहेका २० वटा खोया हाँस फेला पारे । हाँस देख्ने बित्तिकै उनले तत्काल फोटा खिचेका थिए ।

पन्छी संरक्षणकर्मीहरुका अनुसार खोया हाँस मंगोलिया, चीन तथा मध्य एसियाबाट नेपाल हुँदै भारत पुगेर पुनः फर्किने गरेको छन् । यो लामो दुरीको यात्रा तय गरेर आएको चरा हो । मेचीमा देखिएको चाँहि यो नै पहिलो पटक हो । मेचीनगरमा करिव ३ सय बढी विभिन्न प्रजातिका चराहरु पाइने चरा संरक्षणका अभियन्ता देवेन खरेलले जनाए । उनले भने, ‘खोया हाँस चाँहि यहाँ पहिलो पटक देखिएको हो ।’


उनका अनुसार हाँस प्रजातिको यो हिउँदे आगन्तुक चरा हो । जाडो छल्न भारतसम्म पुग्छन् । गर्मी चढ्न थालेपछि प्रजननका लागि आफ्नै थातथलोमा फर्किन्छन् । विज्ञका अनुसार यो हाँस सगरमाथाको उचाइ भन्दा उठान भरेर श्रींलंका नजिकै दक्षिण भारतसम्म पुगेर फर्किने गरेको छ । संरक्षणकर्मी लुइँटेलले जाडो शुरु भएपछि भारत उडेका हाँसहरु दक्षिण भारतमा गर्मी चढ्न थालेपछि फर्किएको हुन सक्ने अनुमान गरे ।

‘फर्किने क्रममा उनीहरु मेची नदीमा केही क्षण टहलिएको हुन सक्छ’, लुइँटेलको अनुमान छ,‘करिव आधा घन्टा जति टहलिएका हाँस झापाको उत्तरी क्षेत्र हुँदै पश्चिम उडे ।’ चरा विज्ञहरुका अनुसार यो हाँस जाडो छल्न उत्तरी ध्रुववाट दक्षिणी ध्रुवतिर आउने गर्छ । चीनवाट नेपाल हुँदै बसाइ सरी भारत जान्छ । यसले लगभग ९ हजार मिटरसम्म उडान भरेको रेकर्ड छ ।


आउजाउ गर्दा पायक परेका खोला नालामा उनीहरु केही समय टहलिन्छन् । त्यही क्रममा मेचीमा भेटिएको हुन सक्ने अनुमान छ । गर्मी सुरु हुन थालेपछि थातथलोतिर फर्किन्छ । नारायण, कोशी लगायतका ठूला नदीहरुमा आएर केही दिन वसेको रेकर्ड पन्छी विज्ञहरुसँग छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १६:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×