कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

फेरि थाल्यो काठमाडौं महानगरले न्युरोडमा फुटपाथ विस्तारको काम

तस्बिर : अंगद ढकाल, तस्बिर : दीपक केसी

काठमाडौँ — उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारको काम फेरि अघि बढाएको छ । उच्च अदालत पाटनले फुटपाथ विस्तारको काम अघि बढाउन आदेश दिएपछि काठमाडौं महानगरपालिकाले बुधबार बिहानैदेखि न्युरोडको सडक भत्काएर फुटपाथ विस्तारको काम थालेको हो ।

जुद्ध शालिकदेखि इन्द्रचोकसम्म महानगरले फुटपाथ विस्तारको काम थालेको हो । महानगरले न्युरोडमा फुटपाथ विस्तार र सुधारको काम जेठ ११ गते थालेपछि डिभिजन सडक कार्यालयले अवरोध गरेको थियो । सडक डिभिजन कार्यालयले काम रोक्नका लागि जेठ १३ र १६ गते गरी दुई वटा पत्र महानगरलाई पठाएको थियो । डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भन्दै जेठ २७ गते महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।

उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासले आइतबार फुटपाथ विस्तारका लागि महानगरको पक्षमा अन्तरिम आदेश दिएको हो ।

प्रकाशित : श्रावण २, २०८१ ११:३७
प्रतिक्रिया
पठाउनुहोस्