कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

घरेलु हिंसाविरुद्ध हातेमालो

पाठक पत्र

नेपालमा घरेलु हिंसा गम्भीर सामाजिक समस्याका रूपमा रहेको छ, यसको प्रभाव विशेषगरी महिलामाथि पर्ने गर्छ । धेरै महिलाका लागि जीवन साथीले मदिरा सेवन गर्ने र दुर्व्यवहार गर्ने घटना सामान्यजस्तै बनिसकेको छ ।

यस प्रकारको हिंसाले महिलाको शारीरिक, मानसिक र भावनात्मक स्वास्थ्यमा गहिरो असर पुर्‍याउँछ । पुरुषहरूले दैनिक मदिरा सेवन गर्दा उनीहरूको व्यवहार नियन्त्रण बाहिर जान्छ । नशाको प्रभावले उनीहरू आक्रामक बन्छन् र पत्नीसँग दुर्व्यवहार गर्न थाल्छन् । यो दुर्व्यवहार शारीरिक हिंसा मात्र नभएर गालीगलौज र मानसिक यातनामा पनि परिणत हुन्छ । महिलामा तनाव, डिप्रेसनको समस्या आउँछ । उनीहरू डर र असुरक्षाको अनुभूति गर्छन्, जसले गर्दा उनीहरूको आत्मविश्वासमा कमी आउँछ ।
समाजले घरेलु हिंसाका घटनालाई बेवास्ता गर्नु हुँदैन । परिवार, छिमेकी र स्थानीय समुदायले यस्ता महिलालाई सहयोग गर्नुपर्छ । पीडित महिलाहरूको साहस बढाउन र उनीहरूलाई न्याय दिलाउन समाजको सहयोग आवश्यक छ । सरकारले पनि घरेलु हिंसाविरुद्ध कडा कानुनी कारबाही गर्नुपर्छ । महिलालाई शिक्षित र सचेत गराउनुपर्छ । शिक्षाले उनीहरूलाई आत्मनिर्भर बनाउन मद्दत गर्छ र घरेलु हिंसाबाट बच्न सहयोग पुर्‍याउँछ ।
घरेलु हिंसा भोगिरहेका महिलालाई कानुनी सहायता प्रदान गरिनुपर्छ । पुलिस, गैरसरकारी संस्था र अन्य सम्बन्धित संस्थाहरूले महिलालाई सहयोग र संरक्षण दिनुपर्छ । मानसिक स्वास्थ्य सुधारका लागि परामर्श सेवा उपलब्ध गराउनुपर्छ । यसले महिलाको मानसिक सन्तुलनलाई कायम राख्न मद्दत पुर्‍याउँछ । घरेलु हिंसा अन्त्यका लागि सामूहिक प्रयास आवश्यक छ । घरेलु हिंसामुक्त समाज निर्माण गर्न हामी सबैले भूमिका निर्वाह गरौं ।

कल्पना दाहाल, बिर्तामोड, झापा

प्रकाशित : असार २, २०८१ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x