कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

ठूला दलमाथि प्रश्न

पाठक पत्र

संसद्मा नेताहरूले बोलेको सुन्दा, सञ्चारमाध्यममा आएका समाचार पढ्दा यस्तो लाग्छ दलहरूका बीचमा नमिलेको कुरा त्यति ठूलो छैन । सत्ताको नेतृत्वकर्ता माओवादी केन्द्रभन्दा पनि अर्को सत्ताघटक नेकपा एमाले सहमतिका नाममा बाधक बनिरहेको देखिन्छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली जतिसक्दो छिटो सरकार ढाल्न उद्यत् देखिन्छन् । पाइलैपिच्छे सरकारको कुरा आइरहने हुनाले अहिले संसद्मा २१ सिट भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैको प्यारो बन्न पुगेको छ ।

प्रचण्ड, ओलीलगायत नेता सत्ताको दाउलाई ध्यानमा राखेर रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेका पक्षमा वकालत गरिरहेका छन् । उनीहरूले चारैतिरबाट लामिछानेको बचाउमा उभिएर आफ्नै आगामी राजनीतिक भविष्यमाथि प्रश्न खडा गरेका छन् । आखिर सहकारीको रकम अपचलनमा यति धेरै आवाज उठिरहँदा पनि उनीहरूले किन लामिछानेमाथि सद्भाव राखिरहेका छन् ?

यसमा सत्ता स्वार्थभन्दा अरू केही पनि देखिँदैन । पुराना भनिएका दलहरू संसद्मै घम्साघम्सीमा उत्रनु र सर्वसाधारणको करोडौं रकम हिनामिना पारेको आरोप खेपिरहेका र आफ्नो राजनीतिक लाइन नै प्रस्ट नभएको नयाँ दललाई यसरी बोकेर हिँड्नु सुखद पक्ष होइन ।

यसले क्षणिक स्वार्थ पूर्ति त गर्ला तर भविष्यमा आफ्नै पार्टीका नेता/कार्यकर्तामा समेत वितृष्णा पैदा गर्न भूमिका खेल्न सक्छ । एमाले, माओवादी, कांग्रेसजस्ता कुनै पनि स्थापित दलले जनताको नजरमा खराब साबित भएका कुनै पनि व्यक्ति वा दललाई काँधमा बोकेर हिँड्नु हुँदैन ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : जेष्ठ १६, २०८१ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×