कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कर्मचारीको शिर निहुरियो

पाठक पत्र

टेरामक्स खरिद विवादमा मुख्यसचिव वैकुण्ठ अर्याल नै मुछिनु आश्चर्यजनक छ । तर अझै पनि उनी नियमित कामका अलावा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित छलफलमा सहभागी हुनु र प्रधानमन्त्रीले उनीसँग यो प्रकरणमा अझै औपचारिक सोधपुछ नगर्नु पनि शंकास्पद मान्न सकिन्छ ।

यस्तै क्रियाकलापले पूर्वप्रशासकहरूले ‘कर्मचारीको शिर निहुरियो’ भन्नु स्वाभाविकै हो । विगतका उच्च पदस्थ पदाधिकारीले यस्तै केसमा कतिसम्म नैतिकता देखाए वा देखाएनन् भन्ने विषयको उत्खननलाई हालको सन्दर्भमा जोडेर हेरिनुपछिका कुरा हुन सक्छन् ।

अख्तियारको अनुसन्धानमा रहेको व्यक्तिलाई यथावत् काममा लगाइराख्ने कि निष्क्रिय भूमिकामा राख्ने भन्ने कुरा राजनीतिक नेतृत्वको दायित्व पनि हो । तर, अदालतले दोषी ठहर नगरेसम्म जस्तोसुकै अपराध गरे पनि ऊ निर्दोष नै हुन्छ भन्ने मान्यता यहाँका राजनीतिक नेतृत्वले स्थापित गरिराखेको पृष्ठभूमिमा अर्याल निर्धक्क हुनु कुन नौलो कुरा हो र ?
–महेशप्रसाद ढुंगाना, नयाँ बानेश्वर काठमाडौं

प्रकाशित : फाल्गुन २१, २०८० ०६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×