कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

व्यापार गर्न होइन फुटपाथ

पाठक पत्र

साँघुरो सडक र अधिक सवारीसाधनले अस्तव्यस्त राजधानी काठमाडौंमा महानगरपालिकाले चलाएको फुटपाथ व्यापारी हटाउने अभियान सहर व्यवस्थापनका लागि उपयुक्त मान्नुपर्छ । तथापि फुटपाथ व्यापारीमाथि भएको बल प्रयोग र त्यसबाट घाइते हुन पुग्नु दुखलाग्दो कुरो हो ।

देशभरबाट आएका बीसौं हजार फुटपाथ व्यवसायीको जिम्मा महानगरपालिकाले लिनुपर्छ भनी आन्दोलन गर्नुको औचित्य देखिँदैन । प्रदेश सरकार एवं प्रदेश सांसदहरूले हालसम्म यो विषयमा जिम्मवारपूर्ण अभिव्यक्ति दिएको देखिँदैन ।

मुलुक संघीयतामा गइसकेपछि आआफ्नो प्रदेशको जनशक्तिलाई रोजगारीका अवसर सिर्जना गर्ने जिम्मेवारी प्रदेशले पनि लिनैपर्छ ।
– जनक नेपाल, ललितपुर

प्रकाशित : फाल्गुन २१, २०८० ०६:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×