कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

उर्जा विकासले स्थानीय जनतालाई आर्थिक सम्पन्न बनाउन सकिन्छ : उर्जामन्त्री खड्का

काठमाडौँ — उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले सरकारले उर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै यसका कारण स्थानीय जनतालाई आर्थिक रुपमा सम्पन्न बनाउन सकिने बताएका छन् ।

उर्जा विकासले स्थानीय जनतालाई आर्थिक सम्पन्न बनाउन सकिन्छ : उर्जामन्त्री खड्का

काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा उनले उर्जाविकासबाटै मुलुक समृद्ध हुने बताए ।'उर्जालाई स्थानीय जनतासँग प्रत्यक्ष जोड्न सके आर्थिक रुपमा सम्पन्न बनाउने सकिन्छ',संखुवासभा–काठमाडौैं जर्नालिस्ट एशोसिएसनद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उर्जामन्त्री खड्काले भने ।

उनले संखुवासभामा बन्न लागेको अपर अरुण आयोजना स्थानीय जनताको हितमा हुने गरी अगाडी बढाईने पनि उनको प्रतिबद्धता थिए । उनले जिल्लाका प्रत्येक घरधुरीलाई ५ लाख रुपैयाँ बराबरको शेयर दिनेमा आफ्नो प्रतिबद्धता रहेको पनि जानकारी दिए ।

आफू मुलुकै उर्जामन्त्रीको जिम्मेवारीमा रहेको भए पनि संखुवासभावासी भएको नाताले जिल्लाको विकासलाई प्राथमिकतामा राख्ने उनले बताए ।

पूर्व सचिव शारदाप्रसाद त्रितालले सुशासन र भ्रष्टाचारबाट मुलुकलाई मुक्त गर्न सके मुलकमा आर्थिक समृद्धि आउने विश्वास व्यक्त गरे । उनले नवनियुक्त मन्त्रीहरुलाई सुशासनमा जोड दिन आग्रह गरे ।

प्रकाशित : श्रावण ५, २०८१ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×