कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

पत्रकार न्यौपानेलाई 'सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार'

काठमाडौँ — सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार रामप्रसाद न्यौपाने पुरस्कृत भएका छन् । स्वास्थ्य पत्रकारिताका माध्यमबाट उलेख्य योगदान पुर्‍याएको भन्दै न्यौपानेलाई सो पुरस्कार प्रदान गरिएको हो । उनी नेपाली हेल्थ डट कमका सम्पादक हुन् ।

पत्रकार न्यौपानेलाई 'सुदर्शन देवकोटा स्मृति चौथो राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार'

काठमाडौँमा आयोजित समारोहमा न्यौपानेलाई कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की, फाउण्डेशनका अध्यक्ष डा. सुधा देवकोटा र मञ्चका अध्यक्ष सरोज ढुंगेलले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका थिए ।

वरिष्ठ पत्रकार स्वर्गीय सुदर्शन देवकोटाको स्मृतिमा खोलिएको शारदा सुदर्शन देवकोटा फाउन्डेशन र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा स्थापित पुरस्कार सो पुरस्कारको राशी ३३ हजार ३३३ रुपैयाँ साथै सम्मान पत्र रहेको छ ।

प्रकाशित : असार ९, २०८१ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×