कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

कांग्रेस-एमालेको गठबन्धन २०८४ को चुनावसम्मै कायम रहन्छ : नेता निधि

भक्तपुर — नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले अहिलेको सरकार टिक्छ कि टिक्दैन भनेर फैलाइएका भ्रमपूर्ण हल्लाका पछाडि नलाग्न आग्रह गरेका छन् । कांग्रेस-एमालेबीचको सम्झौताबमोजिम नै वर्तमान गठबन्धन सरकार अघि बढेको भन्दै उनले अब यो गठबन्धन २०८४ को चुनावसम्मै कायम रहने बताए ।  

कांग्रेस-एमालेको गठबन्धन २०८४ को चुनावसम्मै कायम रहन्छ : नेता निधि

४२ औं वीपी स्मृति दिवसका अवसरमा शनिवार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं २ ले कार्यक्रममा बोल्दै नेता निधिले दुई दलबीच भएको सात बुँदे सहमतिको पत्रलाई प्रधानमन्त्रीले संसद्‌मा औपचारिक रुपमा रेकर्ड गराउनु वर्तमान सत्ता गठबन्धनको सबैभन्दा महत्वपूर्ण पक्ष भएको बताए।

उनले सहमतिको पत्रलाई यसअघि संसद्‌मा कहिल्यै यसरी दर्ता नगरिएको स्मरण गरे। नेता निधिले कांग्रेसलाई देशव्यापी रुपमा संगठन बिस्तारमा केन्द्रित गरेर २०८४ को निर्वाचनमा एक्लै बहुमतको सरकार बनाउने अवस्थामा लैजाने गरी अभियान संचालन गर्नुपर्ने बताए ।

संविधान संशोधनका लागि कुनै पनि दलमा बहस सुरु नभएको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई बलियो बनाउने गरी संविधान संशोधन गरिने बताए । पूर्वउपप्रधान एवं गृहमन्त्री समेत रहेका निधिले प्रदेश सरकारलाई बलियो बनाउनका लागि प्रदेश सरकारको मातहतमा प्रहरी ल्याउनु पर्नेमा जोड दिए।

राजनीतिक स्थिरताका लागि पहिले संघीय संसद्को चुनाव गर्नुपर्नेमा उनले जोड दिए। संघीय संसद्को निर्वाचनपछि प्रदेश र तेस्रो चरणमा स्थानीय तहको निर्वाचन गर्नुपर्ने उनको भनाइ थियो। कांग्रेस पूर्व उपसभापति निधिले व्यक्ति केन्द्रित नभई बिचार केन्द्रित राजनीति गर्नुपर्नेमा जोड दिए।

प्रकाशित : श्रावण १२, २०८१ १८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×