कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

सौर्य जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

काठमाडौँ — त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या अझै बढ्न सक्छ । विमानका चालक एम आर शाक्यको उद्धार गरिएको छ । उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ ।

सौर्य जहाज दुर्घटना : कम्तीमा १८ जनाको शव निकालियो

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको । उक्त विमानमा चालक दलका सदस्यसहित १९ जना रहेको उनले बताए । सुरक्षाकर्मी र विमानस्थलका फायरफाइटरहरु आगो निभाउन लागि परेका छन् ।

विमानस्थलका अधिकारीहरूका अनुसार विमानले अन्य विमानहरूलाई क्षति पुर्‍याएको छैन । विमानस्थल नजिकका घरहरूमा पनि कुनै क्षति पुगेको छैन ।

बुधबार करिब ११ बजे सौर्य एयरलाइन्सको जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरकाअनुसार त्रिभुवन विमानस्थलबाट पोखरा उड्ने क्रममा सौर्यको जहाज दुर्घटनामा परेको हो ।

प्रकाशित : श्रावण ९, २०८१ १२:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×