कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

तत्काल एमालेसँग एकताको सम्भावना देखिएन : अध्यक्ष नेपाल

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तत्काल एमालेसँग एकताको सम्भावना नरहेको बताएका छ्न् ।

तत्काल एमालेसँग एकताको सम्भावना देखिएन : अध्यक्ष नेपाल

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेकपा (एकीकृत समाजवादी) कोशी कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले विगतको कुरा छोडेर कुनै समीक्षा नगर्दा पनि एमालेसँग तत्काल एकताको सम्भावना नरहेको बताए । उनले एमालेसँग एकताका लागि एमालेले पनि चाहना देखाउन आवश्यक रहेको बताए ।

‘एमालेसँग एकताको कुनै सम्भावना देखिएन । विगतको समीक्षा नगर्दा पनि त्यो देखिएको छैन । किनभने चाहना त हुनुपर्छ नि ! अहिले के देखिएको छ भने सँगै जाऔं भन्ने प्रस्ताव लिएर अहिले मोर्चा बनाउर अघि जाऔं भन्ने प्रस्ताव लिएर विभिन्न दलसँग कुरा भइरहेको छ,’ उनले भने।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो पार्टीप्रति सकारात्मक हुन आग्रह गरे । उनले आफ्नो पार्टीप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल सकारात्मक रहेको उल्लेख गरे । उनले समाजवादी मोर्चाको पुनःगठन गरेर अघि बढ्ने सोच आफूहरुको रहेको र सोहीअनुसार अघि बढिरहेको बताए ।

अध्यक्ष नेपालले राष्ट्रका आवश्यकताको पहिचान गरेर अघि बढ्न जरुरी रहेको बताए । उनले कुन कुरामा पहिलो प्राथमिकता दिनुपर्ने हो, त्यो छुट्याउन जरुरी रहेको भन्दै देश विकास हुने मार्गहरुको पहिचान गरी अघि बढ्न आवश्यक रहेको बताए ।

प्रकाशित : जेष्ठ २६, २०८१ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा एसको प्रतिवेदनमा माओवादीलाई 'अस्थिर' भनिएकोबारे महाधिवेशन उद्घाटन समारोहमै असन्तुष्टी व्यक्त गरेका छन् । माओवादीको कार्यशैली तपाईंलाई कस्तो लाग्छ ?

x
×