कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

सात बजे : आजका सात समाचार

काठमाडौँ — आज २०८० साल फागुन १८ गते । साँझ सात बजेसम्म प्रधामन्त्री पुष्पकमल दाहालसहित सबै पूर्वप्रधानमन्त्रीहरू भरतपुर महोत्सव उद्घाटन गर्न गएको र त्यहाँ राजनीतिक तथा आर्थिक विषयमा भएको टिप्पणीदेखि भारतीय रेल्वेले नेपालतर्फको लोडिङमा रोक लगाउँदा आयातकर्ताले भोगेका समस्यासम्का समाचार प्रकाशित भए ।

सात बजे : आजका सात समाचार

फुटपाथ व्यापारीलाई व्यवस्थापन पर्नुपर्ने जीवन बानियाँको सुझावात्मक लेखदेखि नामिवियाविरुद्ध नेपालले विजय हासिल गरेकोका समाचार पनि प्रकाशित भए । प्रस्तुत छन् शुक्रबार साँझ ७ बजेसम्मका मुख्य सात समाचार :

१. नामिबियाविरुद्ध नेपाल ३ रनले विजयी, फाइनलको आशा जीवितै

करण केसीले अन्तिम ओभरमा ८ रनमात्र दिएपछि नेपालले ट्वान्टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक शृंखलामा शुक्रबार नामिबियालाई ३ रनले पराजित गरेको छ ।

२. भारतीय रेल्वेले एक साता नेपालतर्फको लोडिङ रोक लगायो

नेपाली आयातकर्ता ८ महिना यता सास्ती खेप्दै

३. युक्रेनी सेनाको कब्जामा रहेका पाँच जना नेपाली सकुशल छन्

रुसी सेनामा भर्ना भई युद्ध लड्ने क्रममा युक्रेनी सेनाको कब्जामा रहेको पाँच जना नेपाली सकुशल रहेको पुष्टि भएको छ । परराष्ट्र मन्त्रालय स्रोतले युक्रेन सरकारका प्रतिनिधिहरूले पाँच जना नेपालीलाई एकै स्थानमा राखेर बयान लिएको जनाएको छ ।

४. सगरमाथामाथि उडान भर्ने खोया हाँस मेचीमा देखियो

सर्वोच्च शिखर सगरमाथाभन्दा माथि उडान भर्ने ‘बार हेडेड गुस’ भनिने खोया हाँस नामको चरा मेची नदीमा देखा परेको छ । संरक्षणकर्मीहरुका अनुसार मेचीमा खोया हाँस देखिनु अनौठो कुरा हो ।

५.गठबन्धन टुट्दैन : कांग्रेस सभापति देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन् ।

६. गरिबको आँसुको जगमा हुने विकास र सौन्दर्यको के अर्थ ?

जीविकोपार्जनको वैकल्पिक माध्यमको सुनिश्चितताबिना आर्थिक तथा सामाजिक रुपले जोखिम फुटपाथ व्यवसायीलाई जबर्जस्ती धरपकड र विस्थापित गर्नु अमानवीय तथा अन्यायपूर्ण हुन्छ ।

७.राजनीति अझै पनि सत्तासँग नजिक, जनतासँग टाढा

कांग्रेस र माओवादीका बैठकमा जनजीविका र शासकीय बेथितिका मुद्दा प्राथमिकतामै परेनन्, प्रमुख प्रतिपक्षी एमालेले पनि सत्तासँग सौदाबाजी गरेको आरोप ।

प्रकाशित : फाल्गुन १८, २०८० १९:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×