कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

गठबन्धन टुट्दैन :  कांग्रेस सभापति देउवा

रासस

चितवन — कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तागठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन् । भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन आज चितवन आएका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताएका हुन् । 

गठबन्धन टुट्दैन :  कांग्रेस सभापति देउवा

एक पार्टीका नेता तथा कार्यकर्ताले अर्को पार्टीप्रति टिकाटिप्पणी गर्नुलाई सामान्य रुपमा लिनुपर्ने भन्दै उनले गठबन्धनमा कुनै समस्या नभएको बताए । पछिल्लो समय राष्ट्रियसभा अध्यक्षको हुने भन्ने विषयले चर्चा पाइरहेको भन्दै उनले यस विषयमा गठबन्धनमा आबद्ध दलबीच छलफलपछि टुङ्गो लगाइने स्पष्ट पारे । 'कांग्रेस एक्लैले अध्यक्ष बनाउन सक्दैन, गठबन्धन दलबीच छलफलपछि मात्रै टुङ्गो लाग्छ,' उनले भने ।

भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवासँगै पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी यहाँ आइपुगेका छन् । कार्यक्रममा सहभागी हुन नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पनि यहाँ आउने कार्यक्रम छ । सोही कार्यक्रमका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बिहीबार नै यहाँ आइपुग्नुभएको थियो ।

नारायणी नदी किनारमा दिउँसो १ बजे भ्रमण वर्षको औपचारिक उद्घाटन हुनेछ । उद्घाटनअघि आजै भरतपुरका विभिन्न ठाउँबाट बाजागाजा र झाँकीसहित र्‍याली निकालिएको छ ।

प्रकाशित : फाल्गुन १८, २०८० १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×