कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

काठमाडौंका निजी विद्यालयले ७ दिनभित्र नेपाली नामकरण प्रक्रिया सुरू नगरे महानगरले विद्यार्थी भर्ना रोक्ने 

काठमाडौँ — काठमाडौं महानगरपालिकाले ७ दिनभित्र निजी विद्यालयहरूले नेपाली नामकरणको प्रक्रिया सुरू नगरे नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना रोक्ने चेतावनी दिएको छ ।

काठमाडौंका निजी विद्यालयले ७ दिनभित्र नेपाली नामकरण प्रक्रिया सुरू नगरे महानगरले विद्यार्थी भर्ना रोक्ने 

महानगरको शिक्षा विभागले बधुबार एक सूचना जारी गरी शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ ।

'महानगरपालिकाअन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरूको नाम, यो व्यवस्थाको प्रतिकूल देखिएकोले त्यस्ता संस्थागत विद्यालयहरूले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस विभागमा अनिवार्य सम्पर्क गर्नुहुन सूचित गरिन्छ । यस अवधि ( ७ दिन) मा सम्पर्क गरी मौलिक नामाकरणको प्रक्रिया अगाडि नबढाएमा विद्यार्थी भर्ती प्रक्रियामा रोक लगाउनेसहित कानुनबमोजिमको कारबाही प्रक्रिया अगाडि बढाइनेछ,' सूचनामा छ ।

विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्नेछ । 'अन्यथा यसै सूचनालाई आधार मानी शिक्षा नियमावली, २०५९ (संशोधन सहित) काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ तथा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने व्यहोरा समेत जानकारी गराइन्छ,' महानगरको सूचनामा छ ।

हाल अधिकांश विद्यालयको अंग्रेजी नाम छ ।

प्रकाशित : चैत्र २१, २०८० ०८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×