कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

केयूको ‘फलिङ वाल्स ल्याब’ प्रतियोगिता

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) र जर्मन सरकारको शैक्षिक सहायता संस्था (डीएएडी) ले संयुक्त रूपमा ‘फलिङ वाल्स ल्याब’ प्रतियोगिता आयोजना गरेको छ ।

केयूका अनुसार विश्वका विभिन्न राष्ट्रमा आयोजना हुने उक्त प्रतियोगितामा नवीनतम सोचलाई निर्णायकमण्डल र दर्शकका अगाडि प्रस्तुति गर्ने गरिन्छ । विजेताले जर्मनीको बर्लिन सहरमा हुने प्रतियोगितामा पूर्ण प्रायोजनसहित सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

नेपालमा केयूले आयोजना गरेको उक्त प्रतियोगितामा फ्रिन्सेन प्रधान प्रथम भएका थिए । यसैगरी, त्रिभुवन विश्वविद्यालयका अञ्जना तामाङ दोस्रो र गौरव अधिकारी तेस्रो भएका थिए ।

प्रकाशित : श्रावण १०, २०८१ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×