कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

आश्रमलाई माछापुच्छ्रे बैंकको रेफ्रिजेरेटर

पाल्पा —  माछापुच्छ्रे बैंकको तानसेन शाखाले नीलसागर सेवा आश्रम तानसेनलाई रेफ्रिजेरेटर प्रदान गरेको छ । तानसेन नगरपालिका–१, भुसालडाँडामा सञ्चालित आश्रममा सहाराविहीन नागरिकलाई आश्रय दिइएको छ ।

आश्रमलाई माछापुच्छ्रे बैंकको रेफ्रिजेरेटर

शाखा प्रबन्धक विनोद थापा, वडाध्यक्ष सुनील बस्याल, आश्रमका कार्यवाहक अध्यक्ष प्रकाश गंगोल, वडा सदस्य रामप्रसाद भट्टराई, बैंककी कर्मचारी निर्मला रानालगायतले आश्रमलाई सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिएको फ्रिजले खानेकुराका साथै तरकारीजन्य सामग्री बिग्रनबाट जोगाउने बताए ।

आश्रम सञ्चालन गर्न कठिन भएको अवस्थामा प्राप्त सहयोगको सदुपयोग हुने कार्यवाहक अध्यक्ष गंगोलले बताए ।



प्रकाशित : जेष्ठ ११, २०८१ ०६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×